University of Wisconsin–Madison

संलग्नता, समावेशीकरण र विविधता

विविधताको बारेमा संस्थागत बयान

विविधता UW–Madison को लागि गुण, रचनात्मकता, र नवीनताको स्रोत हो । हामी प्रत्येक व्यक्तिको योगदानलाई महत्त्व दिँदछौं र वहाँहरूको पहिचान, संस्कृति, पृष्ठभूमि, अनुभव, अवस्था, क्षमताहरू, र विचारहरूले युनिभर्सिटी समुदायलाई गहिरो रूपमा समृद्ध पार्ने तरिकालाई सम्मान गर्दछौं । हामी शिक्षण, अनुसन्धान, आउटरीच, र विविधतासँग जोडिएको लक्षहरुको उत्कृष्टताको खोजीमा प्रतिबद्ध छौं ।

University of Wisconsin–Madison ले हरेक पृष्ठभूमिका व्यक्तिहरूको लागि एउटा स्वागतमय र समावेशी समुदाय बनाएर आफ्नो सार्वजनिक लक्ष्य पूरा गर्दछ – व्यक्तिहरू जसले विद्यार्थी, संकाय, र कर्मचारीहरूको रूपमा Wisconsin र विश्वको सेवा गर्दछन् ।

अर्थहरू

हामीसँग संलग्नता, समावेशीकरण र विविधता के हो र उनीहरूले हाम्रो दैनिक कामलाई कसरी असर गर्दछन् भन्ने कुराको साझा समझदारी हुनुपर्दछ ।

This is an accordion element with a series of buttons that open and close related content panels.

संलग्नता

कर्मचारीहरूले युनिभर्सिटीले महत्त्व दिएको महसुस गर्दछन् । आफ्नो काममा गर्व र व्यक्तिगत अर्थ फेला पार्दछन्।

समावेशीकरण

कर्मचारीहरूलाई समुदायको हिस्सा भएको जस्तो महसुस हुँदछ । आफ्नो र युनिभर्सिटीमा आफ्नो योगदानको सम्मान भएको महसुस गर्दछन् । आफ्नो वास्तविक रूपमा काम गर्न सक्दछन्, किनकी टोलीहरूले बाधा र नकारात्मक पक्षपातहरू हटाएका छन् ।

विविधता

UW–Madison का कर्मचारीहरूको आफ्नै क्षमता, उमेर, आस्था, शिक्षा, जातीयता, अनुभव, लिंग, वैवाहिक स्थिति, राष्ट्रिय मूल, शारीरिक र मानसिक विशेषताहरू, यौन झुकाव, आध्यात्मिकता, जाति, मानहरू, र अझै धेरै (असीमित) गुण र पहिचानहरू समावेश छन् ।

ईतिहास र उद्देश्य

२०११ मा, अर्थ र प्रशासनका उपाध्यक्ष (VCFA) ले क्याम्पसको रणनीतिक बनावटको आधारमा संलग्नता, समावेशीकरण र विविधता (EID) नामको पहल विकास गरेका थिए ।

EID पहलले सबै भन्दा राम्रो र सबैभन्दा विविध संकाय र कर्मचारीलाई हाम्रो जागिर दिने र कायम राख्ने लक्ष्यलाई सम्बोधन गर्दछ । यसले प्रत्येक कर्मचारीलाई स्वागत, महत्त्व, समावेश भएको र भनेको सुनेको महसुस हुने एउटा कार्य समुदाय बनाउन हामीलाई सहयोग गर्दछ ।

हामी उत्तम हुनको लागि सबैको – व्यक्तिहरू र समुदायको – गुण र विविध दृष्टिकोणहरूको उपयोग गर्नुपर्दछ । यसले हामीलाई बढ्दो प्रतिस्पर्धी र विश्वव्यापी वातावरणमा उत्तम संकाय र कर्मचारीहरूलाई जागिर दिन र कायम राख्न सहयोग गर्दछ ।

EID को सिद्धान्तहरू

EID का सिद्धान्तहरूले हामीलाई EID लक्ष्यहरूतर्फ अघि बढ्ने समान दृष्टि, भाषा, अपेक्षा र विधिहरू दिँदछन् । यी सिद्धान्तहरूले क्याम्पसमा स्वस्थ, समावेशी, संलग्नशील काम गर्ने ठाउँ बनाउन हामीलाई मार्गदर्शन पनि दिनेछन् ।

EID का सिद्धान्तहरू बनाउन VCFA EID परिषद, EID समितीहरू, VCFA निर्देशकहरू, र क्याम्पसका पार्टनरहरू मिलेर काम गरेका थिए ।

साझा जिम्मेवारी र उत्तरदायित्वको प्रचार

  • हामी यस्तो वातावरण बनाउदछौं जहाँ सबै कर्मचारीहरूले संलग्नता, समावेशीकरण र विविधताको महत्त्व र कार्यस्थल सुधार गर्न कसरी सहयोग गर्ने भन्ने कुरा बुझ्दछन् ।
  • हामी आशा गर्दछौं कि सबै तहका UW–Madison का कर्मचारीहरूले EID सिद्धान्त र उपायहरूको समर्थन गर्दछन्, नमूना बन्दछन्, र एक अर्कालाई उत्तरदायी राख्नेछन् ।

विविधता बढाव, विस्तार, र प्रयोग

  • हामी हाम्रो कार्यबललाई विविध र बढुवा दिने काम गर्दछौं ।
  • हामी हाम्रो कार्यबल विविधता प्रयोग गरी हाम्रा कर्मचारीहरूले UW–Madison मा ल्याएको अनुभव र गुणहरू उपयोग गर्दछौं ।
  • भिन्नताहरूको बारेमा कुराकानी गर्न हामी हौसला दिँदछौं । हाम्रो भिन्नताहरूलाई बुझ्न समय लिँदा हाम्रो काम गर्न सहयोग मिल्दछ । बाहिरी र भित्री भिन्नताहरूलाई महत्त्व दिने संस्कृतिमा काम गर्दा हामी सबै पूर्ण रूपमा सहभागी हुन सक्दछौं ।

समावेशी संस्कृति र समुदाय निर्माण

  • हामी एउटा समावेशीकरण र भरोसामा केन्द्रित संस्कृति बनाउदछौं जहाँ मानिसहरूलाई आफ्नो सबै भागहरू काममा ल्याउन सकिने रहेछ भन्ने महसुस होस् ।
  • हामी समावेशी कार्य समुदाय बनाउदछौं जहाँ कर्मचारीहरूलाई थाहा छ कि वहाँहरूको काम UW–Madison को सफलताको लागि महत्त्वपूर्ण छ ।

कुराकानी र आपसी समझदारीको बढाव

  • हामी UW–Madison का समुदाय को सबै सदस्यहरू बीच स्पष्ट, खुला, र समान कुराकानी गर्न हौसला दिँदछौं ।
  • प्रभावकारी कुराकानीले समूहहरूलाई उत्तम काम गर्न र स्वस्थ कार्य सम्बन्ध बनाउन सहयोग गर्दछ भन्ने हामी विश्वास राख्दछौं । जब टोलीका सदस्यहरूले एक अर्कालाई भरोसा गर्दछन् र बुझ्दछन्, उनीहरूलाई खुलेर कुरा गर्न, प्रतिक्रिया दिन, लक्ष्यहरू बनाउन, परिणामहरूको मूल्याङ्कन गर्न, रचनात्मक मौकाहरू पछ्याउन, र सहयोगी प्रक्रियाहरूमा भाग लिन सजिलो हुँदछ ।

विकासका अवसर प्रदान र बढाव

  • हामी जारी रहने शिक्षण र विकासको अवसरहरू बनाउदछौं ताकि कर्मचारीहरू आफ्नो भूमिकाहरूमा बढ्न र सहकर्मीहरूसँग महत्त्वपूर्ण तरिकामा अन्तर्क्रिया गर्न सक्दछन् ।
  • हामी आशा गर्दछौं कि कर्मचारीहरूले आत्म-सतर्कता, अरूमा पर्ने आफ्नो प्रभाव, र UW–Madison मा आफ्नो भूमिकाहरू पत्ता लगाउने अवसरहरूमा भाग लिने र संलग्न हुनेछन् ।

VCFA EID परिषद

परिषदले अर्थ र प्रशासनका उपाध्यक्ष (VCFA) लाई क्याम्पसमा EID को चलन, चुनौति, र गतिविधिहरू जुन व्यक्तिगत VCFA विभागहरू भन्दा बाहिर जाँदछन् र UW–Madison क्याम्पस वातावरण र विविधता बनावट (Campus Climate and Diversity Framework) सँग जोडिँदछन् । यो विभागीय EID समितिहरूले विभागीय निर्देशकहरुलाई सल्लाह दिने तरिकासँग मिल्दछ ।

EID परिषदले VCFA लाई रिपोर्ट गर्दछ र प्रत्येक VCFA विभागको र EID पहलमा भाग लिने अन्य विभागका प्रतिनिधिहरूलाई समेटेर बनेको छ ।

सदस्यहरू

Lance Baldus

Conference Centers & Mail Services

Abby Diehl

University Recreation and Wellbeing

Melanie Drolsum

Administrative support (ex-officio)

Kelly Ignatoski

University Housing

Donovan Kron

Facilities Planning and Management

Louis Macias

UW Police Department

Kristen Roman

UW Police Department (co-chair)

Carmen Romero-González

Office of Human Resources (co-chair)

Suzanne Schlecht

Office of the VCFA

Susan Tran Degrand

EID Coordinator (ex-officio)

Megan Williams

Business Services

VCFA EID को प्राथमिकता क्षेत्रहरू २०१८-२०२०

VCFA EID परिषदले २०१८-२०१८ सालको संगठित EID सर्वेक्षण डाटाको पूर्ण समीक्षा गरेको थियो; परिषदले सर्वेक्षणमा भाग लिने सबै यूनिटहरूका लागि तलका ध्यान केन्द्रित क्षेत्रहरूको पहिचान गरेको छ ।

प्राथमिकता क्षेत्र १:

नेतृत्व, प्रबन्धक र सुपरभाईजरहरूको भूमिकामा प्रभावकारी हुन र पहुँचयोग्य र कर्मचारीहरू प्रति उत्तरदायी हुन क्षमता र सीपहरू बढाउने ।

प्राथमिकता क्षेत्र २:

कर्मचारीहरूको सीप निर्माण गर्न र उनीहरूको भूमिकामा बढ्नको लागि व्यावसायिक विकास र तालिमको अवसरहरू प्रदान गर्ने ।

प्राथमिकता क्षेत्र ३:

कर्मचारीहरू आफ्नो कामका लागि सम्मानित र आफ्नो यूनिट भित्रको प्रोमोशन अवसरहरूको बारेमा सचेत हुँदछन् ।

प्राथमिकता क्षेत्र ४:

नीतिहरू व्यापक रूपमा परिचित छन्, पहुँचयोग्य छन् र समान रूपमा कर्मचारीहरू प्रति लागू छन् ।

सबै सहभागी विभागहरूलाई यी प्राथमिकता क्षेत्रहरूको वरिपरि २०१८-२०१९ सालको लागि आफ्नो EID कार्य योजनाहरू बनाउन आग्रह गरियो । विभागहरूले ती प्राथमिकताहरू सम्बन्धित उद्देश्यहरू / परिणामहरू विकास गर्न सक्षम भएसम्म आफूलाई आवश्यक प्राथमिकताहरू पहिचान गर्न विभागहरूलाई प्रोत्साहन दिइयो ।

प्रतिबद्ध यूनिट र EID समितिहरु

यी यूनिटहरू अहिले VCFA EID पहलमा सहभागी छन् । धेरै जसो यूनिटहरू VCFA व्यापी द्विवार्षिक EID सर्वेक्षणमा भाग लिँदछन् र आफ्नै विभागीय EID कार्यक्रम र पहलहरू बनाएका छन् ।

  • Administrative Information Management Services (AIMS)
  • Business Services
  • Conference Centers & Mail Services
  • Facilities Planning & Management (FP&M)
  • Madison Budget Office
  • Office of Human Resources (OHR)
  • Office of the Vice Chancellor for Finance and Administration (VCFA)
  • University Housing
  • University Police Department (UWPD)
  • University Recreation and Wellbeing

EID सर्वेक्षण

सर्वेक्षण ईतिहास

२०१२ मा, VCFA ले आफ्नो पहिलो EID सर्वेक्षण गर्‍यो । संलग्नता, समावेशीकरण र विविधताका क्षेत्रहरूमा सबै VCFA विभागहरूले कस्तो गर्दै थिए भन्ने आधारभूत डाटा बटुल्ने लक्ष्य थियो।

योग्यता प्रणाली संरक्षण बोर्ड र VCFA विविधता र समावेशीकरण सूचीका स्थापित तथ्याङ्कगत नापहरूमा आधारित प्रश्नहरू थिए । UW बाहिरका ठेकेदारले प्रशासित, संक्षिप्त, र पहिलो सर्वेक्षण रिपोर्ट गरे ।

मानव संसाधन कार्यालय र University of Wisconsin सर्वेक्षण केन्द्रले २०१४, २०१६, र २०१८ मा फेरि सर्वेक्षण गरे । प्रत्येक पटक, VCFA ले सर्वेक्षणमा साना परिवर्तनहरू समावेश गरे, तर विभागहरूले समयको क्रमसँगै परिणामहरू ट्र्याक गर्न सक्नको लागि महत्त्वपूर्ण प्रश्नहरू राखे । उदाहरणको लागि, २०१८ को सर्वेक्षणमा २०१६ को सर्वेक्षणमा रहेको उही प्रश्नहरु थिए, तर कर्मचारी स्वास्थ्य सम्बन्धी दुईवटा नयाँ प्रश्नहरु थपियो ।

सर्वेक्षणले VCFA विभागहरूलाई आफ्नो EID काममा प्रगति गर्न महत्त्वपूर्ण डाटा दिएको छ । हामी यो सर्वेक्षण संलग्नता, विविधता, समावेशीकरण र स्वास्थ्य ट्र्याक गर्नका लागि जारी राख्नने योजना गर्दछौं ताकि हामी समयको क्रमसँगै परिणामहरूको तुलना गर्न सक्नेछौं र सर्वेक्षण परिणामको आधारमा हामीले गरेका परिवर्तनहरूले फरक पार्दैछन् कि छैन भनी निर्णय गर्न सक्दछौं ।

गोप्यता

  • सर्वेक्षणका सबै उत्तरहरू गोप्य छन् ।
  • व्यक्तिगत उत्तरहरू कर्मचारीको नामसँग जडान हुँदैनन् ।
  • हामी विभाग र कार्य समूह अनुसार सर्वेक्षण परिणामहरूको सारांश प्रदान गर्दछौं ।

सर्वेक्षण साधन

२०१८ को EID सर्वेक्षणमा ४७ प्रश्नहरू समावेश थिए । सहभागीहरूले १ (“कत्तिपनि सहमत छुइन”) देखि ५ (“अत्यन्तै सहमत छु”) को नापमा जवाफ दिए । थपमा, सर्वेक्षणमा कथात्मक, गुणात्मक जानकारीको लागि एउटा खुला प्रश्न समावेश गरिएको थियो ।

सर्वेक्षणले तलका विषयहरू सम्बन्धि सन्दर्भ र थप जानकारी प्रदान गर्न खोजेको छ:

  • कार्य वातावरण
  • सहकर्मीहरूसँगको सम्बन्ध
  • साधन र अवसरहरू
  • कामको यूनिट
  • सुपरभाईजर
  • समग्र अनुभव

सर्वेक्षण परिणामहरू

UW सर्वेक्षण केन्द्रले सर्वेक्षणमा भाग लिने प्रत्येक विभागका लागि प्रश्नै पिच्छेको परिणामहरू प्रदान गर्‍यो । सर्वेक्षण केन्द्रले विभाग भित्रका साना विभाग वा समूहका लागि परिणामहरू अलग गर्न सक्दछन्, यदि ती साना विभाग वा समूहमा कम्तिमा १० जना कर्मचारीहरू छन् र ती मध्ये कम्तिमा ५ जना कर्मचारीहरूले सर्वेक्षण पूरा गरेका छन् । यी सीमाहरूले कर्मचारीहरूको गोपनीयतालाई सुरक्षित राख्दछन् ।

UW सर्वेक्षण केन्द्रले ३ वटा नापहरूको रिपोर्ट प्रदान गर्दछ:

  • संलग्नता सूची, कर्मचारी संलग्नताको स्तर मूल्याङ्कन गर्न १६ वटा सर्वेक्षण बयानहरूको आधारमा बनाइएको;
  • विविधता र समावेशीकरण सूची, समावेशीकरणको स्तर झल्काउन १५ वटा सर्वेक्षण बयानहरूको आधारमा बनाइएको; र
  • सन्तुष्टि सूची, कर्मचारी सन्तुष्टि स्तरको मूल्याङ्कन गर्न ३ वटा बयानहरूको आधारमा बनाइएको

Did you find what you need?