University of Wisconsin–Madison मा स्वागत छ । आफ्नो पेशा शुरू गर्न वा अगाडि बढाउन यहाँ आउनुभएकोमा हामी खुशी छौँ । तपाईंको पहिलो हप्तामा एकदमै महत्त्वपूर्ण कामहरू पूरा गर्न आवश्यक छ, जसमा तपाईंले तलब पाउनुहुने तरिका बनाउने काम पर्छ । शुरू गर्नका लागि तल दिइएका रूपरेखाका कागजातहरू हेर्नुहोला ।
रूपरेखाहरू निम्न भाषाहरूमा उपलब्ध छन्:
शुरू गर्नुहोला
- शुरूमा गर्नुपर्ने कामहरू
- दोस्रो चरणमा गर्नुपर्ने कामहरू
- सहयोगी स्रोतसाधनहरू स्रोतसाधनहरू
- भाषा सहायता
प्रश्नहरू छन् ?
यदि यस पानामा रहेका स्रोतसाधनहरूले तपाईंका प्रश्नहरूको जवाफ दिएनन् भने कृपया आफ्नो विभागीय HR कार्यालयलाई सम्पर्क गर्नुहोला ।
शुरूमा गर्नुपर्ने कामहरू
This is an accordion element with a series of buttons that open and close related content panels.
I-9
कसको लागि ?
सबै तलब पाउने कर्मचारीहरू (शून्य डलर नियुक्ति हुने कर्मचारीहरू बाहेक)
के हो ?
फाराम I-9 संघीय सरकारले संयुक्त राज्य अमेरिकामा कुनै व्यक्तिको काम गर्ने योग्यता पुष्टि गर्ने एउटा सरकारी फाराम हो । फाराम I-9 ले तपाईं संयुक्त राज्य अमेरिकामा काम गर्न सक्नुहुने कुरा पुष्टि गर्दछ ।
किन ?
संयुक्त राज्य अमेरिकामा काम गर्नका लागि तपाईंले फाराम I-9 भरेर बुझाउन अनिवार्य छ । तपाईंले फाराम I-9 भर्नु भएको छैन भने काम गर्न पाउनु हुँदैन । समयमै फाराम I-9 भर्नु भएन भने तपाईंलाई कामबाट निकालिन सकिन्छ ।
कहिले ?
तपाईंले भर्न अनिवार्य:
- खण्ड १ तपाईंले तलब कमाउनुहुने काम गर्नुभएको पहिलो दिन भित्रमा ।
- खण्ड २ तपाईंले तलब कमाउनुहुने काम गर्नुभएको ३ व्यावसायिक दिन भित्रमा ।
कसरी ?
तपाईंको फाराम I-9 २ कदममा भर्नुहोला ।
- तपाईंले तलब कमाउनुहुने काम गर्नुभएको पहिलो दिन भित्रमा खण्ड १ भर्नुहोला ।
- तपाईंको NetID प्रयोग गर्नुभएर Workday मा लग ईन गर्नुहोला ।
- आफ्नो फोन वा Frequency Operated Button (FOB) को MFA-Duo मार्फत आफ्नो पहिचान पुष्टि गर्नुहोला ।
- Tasks मा, खण्ड १ भेट्टाउनुहोला ।
- त्यसपछि, I-9 संयोजकसँग भेट्नुभएर खण्ड २ भर्नुहोला ।
- तपाईंले तलब कमाउनुहुने काम गर्नुभएको ३ दिन भित्रमा I-9 संयोजकसँग भेट्नुहोला ।
- आफ्ना फाराम I-9 का लागि स्वीकार्य सक्कली कागजातहरू लिएर आउनुहोला ।
सहयोग तथा अन्लाईन स्रोतसाधनहरू:
नयाँ कर्मचारी स्वागत केन्द्रमा सहयोग पाउनुहोला ।
NetID
कसको लागि ?
सबै कर्मचारीहरू
के हो ?
तपाईंको NetID UW–Madison को लागि आफ्नो छुट्टै username र पासवर्ड हो ।
किन ?
तपाईंले आफ्नो NetID यी कुराहरूका लागि चलाउन आवश्यक छ:
- MyUW, Workday अनि Office 365 मा लग ईन गर्न ।
- तपाईंको कामको ईमेल, तलब र सुविधाहरू हेर्न ।
- अनिवार्य तालिम पूरा गर्न ।
- काममा अरू अन्लाईन स्रोतसाधनहरू चलाउन ।
कहिले ?
आफ्नो शुरू गर्ने activation key पाउनुहुने बित्तिकै NetID activate गर्नुहोला ।
कसरी ?
NetID activate गर्ने तरिका:
- १. NetID Activation मा जानुहोला ।
- २. आफ्नो activation key र जन्ममिति राख्नुहोला ।
- ३. सर्तहरूमा सहमत हुनुहोला ।
- ४. बिर्सिएमा सम्झिने recovery प्रश्नहरू बनाउनुहोला ।
- ५. सुरक्षित पासवर्ड बनाउनुहोला ।
- ६. थप सुरक्षाका लागि MFA-Duo बनाउनुहोला ।
सहयोग तथा अन्लाईन स्रोतसाधनहरू:
फोन वा ईमेल गर्नुहोला:
- तपाईंको विभागीय HR कार्यालय (activation key को लागि सहयोग) ।
- सूचना प्रविधि विभाग (DoIT) को सहायता सम्पर्क: (608) 264-4357 मा फोन गर्नुहोला वा help@doit.wisc.edu मार्फत ईमेल पठाउनुहोला ।
थप जानकारी पाउनुहोला:
MFA-Duo
कसको लागि ?
सबै कर्मचारीहरू
के हो ?
MFA-Duo तपाईंले UW को खाताहरूमा लग ईन गर्नुहुँदा दोस्रो सुरक्षा कदम हो ।
- पहिला, आफ्नो NetID र पासवर्डको साथ UW खातामा लग ईन गर्नुहोला ।
- त्यसपछि, MFA-Duo ले तपाईंको फोन वा ट्याबलेटमा सूचना पठाउँछ ।
- सूचनालाई स्वीकार गर्नुहोला ।
- आफ्नो खातामा लग ईन गर्नका लागि तपाईंले सूचनालाई स्वीकार गर्न आवश्यक छ ।
यदि तपाईंसँग फोन वा ट्याबलेट छैन भने, आफ्नो विभागीय HR कार्यालयबाट एउटा fob मगाउनुहोला ।
किन ?
तपाईंले MyUW, Workday, Canvas अनि आफ्नो UW को ईमेलमा लग ईन गर्नु हुँदा MFA-Duo चलाउनुपर्छ, किनभने यसले:
- तपाईंको व्यक्तिगत र विश्वविद्यालयको डाटा सुरक्षित राख्दछ ।
- तपाईंको NetID र पासवर्ड उनीहरूसँग भएतापनि, अरू मान्छेहरूले तपाईंको खातामा लग ईन गर्नबाट रोक्दछ ।
कहिले ?
- आफ्नो NetID activate हुने बित्तिकै MFA-Duo बनाउनुहोला । प्रायजसो UW का प्रणालीहरू हेर्न तपाईंले MFA-Duo बनाउनुपर्छ ।
- तपाईंले काम शुरू गर्नुभएको १ हप्ता भित्रमा सुरक्षाका लागि बिर्सिएमा सम्झिने प्रश्नहरू र MFA-Duo बनाउनुहोला ।
कसरी ?
MFA-Duo बनाउनुहोला (थप जानकारी हेर्नुहोला) ।
सहयोग तथा अन्लाईन स्रोतसाधनहरू:
DoIT को सहायता सम्पर्क: (608) 264-4357 मा फोन गर्नुहोला वा help@doit.wisc.edu मार्फत ईमेल पठाउनुहोला ।
थप जानकारी पाउनुहोला:
- MFA-Duo रूपरेखा
- संकाय तथा कर्मचारीहरूका लागि सेटप गाइड
- डिभाइस तथा ब्याकअप कोडहरूको प्रबन्धन
- MFA-Duo ज्ञान आधार
Workday
कसको लागि ?
सबै तलब पाउने कर्मचारीहरू
के हो ?
काम सम्बन्धित कार्यहरूका लागि सबै कर्मचारीहरूले चलाउने एक प्रणाली हो Workday ।
- आफ्नो व्यक्तिगत र कर्मचरी जानकारी हेर्नुहोला ।
- बिदा माग्नुहोला ।
- काम गर्नुभएको समय र बिदा हेर्नुहोला ।
- आफ्नो तलबहरू हेर्नुहोला ।
- बैंकमा तलब जम्मा तथा करको रकम मिलाउनुहोला ।
- कामको मूल्याङ्कन सम्बन्धित कार्यहरू पूरा गर्नुहोला ।
- सुविधाहरूमा भर्ना हुनु र बदल्नुहोला ।
- तालिम पूरा गर्नुभएर पेशागत विकास हेर्नुहोला ।
किन ?
Workday को साथमा तपाईंले एउटै अन्लाईन ठाउँ मार्फत कामको जानकारी व्यवस्थापन गर्न सक्नुहुन्छ जसमा बिदा, काम गर्नुभएको समय, सुविधाहरू, कामको मूल्याङ्कन अनि पेशागत विकासहरू समावेश छन् ।
कहिले ?
तपाईंको NetID र Multi-Factor Authentication (MFA-Duo) शुरू हुने बित्तिकै Workday चलाउनुहोला ।
नियमित रूपमा यी कुराहरूका लागि चलाउनुहोला:
- बिदाहरू माग्न ।
- तलब र सुविधाहरूका अपडेटहरू (विशेष गरि वार्षिक खुला सुविधा भर्ना) गर्न ।
- वर्षको अन्त्यमा पर्ने करका कामहरू गर्न ।
- मध्यबिन्दु अनि वार्षिक कामका मूल्याङ्कनहरूका लागि ।
कसरी ?
यसरी Workday चलाउनुहोला:
- १. तपाईंको कम्प्युटर वा Workday मोबाईल app मार्फत Workday मा लग ईन गर्नुहोला ।
- २. Canvas मा “Workday for All Employees” तालिम पूरा गर्नुहोला (लगभग ४५ मिनेट जति लाग्छ) ।
- ३. तपाईंको Workday को मुख्य पाना हेर्नुहोला: “My Tasks”, सूचना अनि shortcut हरू ।
- ४. आवश्यक भए अनुसार विशेष खण्डहरू चलाउनुहोला: बिदा, सुविधाहरू, तलब, तालिम, मूल्याङ्कन, आदि ।
सहयोग तथा अन्लाईन स्रोतसाधनहरू:
फोन वा ईमेल गर्नुहोला:
- NetID, लग ईन वा रोजगारका प्रश्नहरूका लागि तपाईंको विभागीय HR कार्यालय ।
- आफ्नो सुविधाहरू My Benefits मार्फत भर्ना हुन वा बदल्न Link UW ।
- GetHelpUW (Workday समर्थन पोर्टल) ।
- DoIT को सहायता सम्पर्क (लग ईन, NetID/MFA-Duo वा पहुँच समस्याहरूका लागि) ।
थप जानकारी पाउनुहोला:
तलब चुनाव (बैंकमा सीधै जम्मा)
कसको लागि ?
सबै तलब पाउने कर्मचारीहरू (शून्य डलर नियुक्ति हुने कर्मचारीहरू बाहेक)
के हो ?
Direct Deposit बाट तलब पाउनुहोस् (तलब सीधै तपाईंको बैंकको खातामा जम्मा हुन्छ) ।
किन ?
तपाईंले सीधै आफ्नो व्यक्तिगत बैंकको खातामा तलब पाउन सक्नुहुन्छ, U.S. Bank Focus को तलब कार्डमा लिनु वा कागजको तलब जम्मा गर्नु नपरि ।
कहिले ?
तपाईंले काम शुरू गर्नुभएको ५ दिन भित्रमा Workday मा (तपाईंको बैंकको खाता जानकारी सहित) Direct Deposit मिलाउनुहोला ।
यदि तपाईंले आफ्नो बैंकको जानकारी राख्नुभएन भने:
- तपाईंले भौतिक तलब पाउन सक्नुहुन्छ वा
- तपाईंको पहिलो तलबको लागि तपाईं स्वत: U.S. Bank Focus को तलब कार्डमा भर्ना हुनुहुन्छ ।
कसरी ?
सहयोग तथा अन्लाईन स्रोतसाधनहरू:
तपाईंको विभागको HR कार्यालयलाई फोन वा ईमेल गर्नुहोला ।
करको रकम
कसको लागि ?
Glacier खाता नहुने सबै कर्मचारीहरू
के हो ?
संघीय र राज्यको करको रकम तोक्ने (तपाईंको तलबबाट कर तिर्न निकालिने पैसा) ।
किन ?
तपाईंको तलबबाट ठ्याक्कै कति करको रकम निकालिन्छ र रिपोर्ट गरिन्छ थाहा पाउनुहोला ।
कहिले ?
तपाईंको कामको पहिलो दिनमा आफ्नो संघीय र राज्यको करको रकम तोक्नुहोला ।
- तपाईंले आफ्नो करको रकम बदल्न सक्नुहुन्छ यदि तपाईंको जीवनमा घटेको घटनाले तपाईंको आम्दानीको करलाई असर गर्न सक्छ (जस्तै कि नयाँ राज्यमा सर्ने, वैवाहिक स्थिति बदल्ने, अरू काम थपिने वा थप आम्दानी भएमा ।)
- यदि तपाईं विस्कन्सिन बाहिर बस्नु वा काम गर्नुहुन्छ भने, सो राज्यको करहरूका लागि Workday मा Alternate Work Location (वैकल्पिक काम गर्ने ठाउँ) राख्नुहोला । यदि यो तपाईंको लागि लागू हुन्छ भने आफ्नो विभागीय HR कार्यालयलाई फोन वा ईमेल गर्नुहोला ।
कसरी ?
- संघीय करको रकम चुनाव पूरा गर्नुहोस् – कर्मचारी ।
- राज्य र स्थानीय करको रकम चुनाव पूरा गर्नुहोस् – कर्मचारी ।
सहयोग तथा अन्लाईन स्रोतसाधनहरू:
तपाईंको विभागको HR कार्यालयलाई फोन वा ईमेल गर्नुहोला ।
Glacier
कसको लागि ?
विश्वविद्यालयको तलब प्रक्रिया मार्फत रकम भुक्तानी गर्ने वा तलब पाउने सबै विदेशी राष्ट्रका कर्मचारीहरू, आवासीय विदेशीहरू तथा गैर आवासीय विदेशीहरू
के हो ?
Glacier एउटा सफ्टवेयर हो जसले Workday सँग काम गरेर तलब र कर ठीक तरिकाले प्रदान गर्दछ ।
किन ?
Glacier ले ठीक करको रकम अनि करको आवासीय स्थिति निर्धारण गर्दछ ।
कहिले ?
- तपाईंको कामको शुरूवात मिति पछि तपाईंले Glacier को खाता पाउनुहुनेछ ।
- तपाईंको कामको शुरूवात मितिको ५ दिन भित्रमा तपाईंले आफ्नो Glacier खाता अपडेट गर्नुपर्ने हुन्छ ।
- तपाईंले Glacier कागजात अनि अनिवार्य कागजातहरूका प्रतिलिपिहरू आफ्नो Glacier खाता अपडेट गर्नुभएको २ दिन भित्रमा बुझाउनु पर्ने हुन्छ । बदलहरूमा भिसाका प्रकार, अध्यागमन अवस्था बढाउने, प्रस्थान मितिहरू वा संयुक्त राज्यमा उपस्थिति समावेश हुन सक्छन् ।
कसरी ?
- मैले Glacier खाता कसरी खोल्ने ? हेर्नुहोला ।
- श्नहरू छन् ? यहाँ ईमेल पठाउनुहोला: glacier@ohr.wisc.edu ।
- तपाईंले कागजातहरूलाई 21 N. Park Street, कोठा 5101 (५ औँ तल्ला) मा रहेको मानव संसाधन कार्यालयमा लिएर जानुपर्दछ ।
सहयोग तथा अन्लाईन स्रोतसाधनहरू:
अन्तर्राष्ट्रिय तलब प्रक्रिया तथा करको वेबसाईट हेर्नुहोला ।
Wiscard
कसको लागि ?
सबै विद्यार्थी, कर्मचारी, अवकाश पाएका कर्मचारी, emeriti, UW–Hospital, UW–System अनि UW–Extension का सम्बद्ध व्यक्तिहरू
के हो ?
तपाईंको Wiscard तपाईंको आधिकारिक UW फोटो ID हो ।
तपाईंको Wiscard यसरी चलाउनुहोला:
- क्याम्पसका भवनहरू भित्र पस्न ।
- UW पुस्तकालय, Rec Well परिसर अनि बसहरू चढ्न ।
- विश्वविद्यालय सेवाका लागि भौतिक ID को रूपमा ।
- भोजन, पुस्तक पसल अनि खाने कुराहरू किन्ने मेशिन (प्राय ५% छुटका साथ) बाट खरिद गर्ने वैकल्पिक डेबिट कार्डको रूपमा ।
किन ?
तपाईंको Wiscard तपाईंको आधिकारिक UW ID हो । यो तपाईंलाई भवनहरू भित्र पस्न र सेवा पाउनका लागि चाहिन्छ ।
कहिले ?
- संकाय तथा कर्मचारीहरू: तपाईंले आफ्नो काम शुरू गर्नुहुने लगभग १४ दिन अगाडि सम्ममा आफ्नो Wiscard पाउन सक्नुहुन्छ ।
- विद्यार्थीहरू: आफ्नो Wiscard कक्षा भर्ना पछि वा orientation को बेला पाउनुहोला ।
- तपाईंको पहिलो कार्ड नि:शुल्क छ र ५ वर्षसम्म मान्य हुन्छ ।
कसरी ?
- Wiscard कार्यालय (Union South, 1308 W Dayton को कोठा नम्बर 149) मा जानुहोला ।
- सरकारी फोटो ID, जस्तै कि पासपोर्ट वा अमेरिकी सवारीसाधन चलाउन मिल्ने लाइसेन्स लिएर आउनुहोला ।
- Wiscard का कर्मचारीले तपाईंको फोटो खिच्नुहुन्छ अनि तपाईंले आफ्नो Wiscard तुरुन्तै पाउनुहुन्छ ।
- तपाईंले आफ्नो क्याम्पसको डेबिट खाता व्यक्तिगत रूपमा वा अन्लाईन मार्फत activate गर्न सक्नुहुन्छ ।
सहयोग तथा अन्लाईन स्रोतसाधनहरू:
Wiscard कार्यालय:
- Union South, 1308 W Dayton को कोठा नम्बर 149 मा जानुहोला ।
- (608) 262-3258 मा फोन गर्नुहोला वा wiscard@union.wisc.edu मार्फत ईमेल पठाउनुहोला ।
- थप जानकारी पाउनुहोला: Wiscard का धेरै सोधिएका प्रश्नहरू ।
कार्ड हराएको वा चोरी भएको छ ? त्यसलाई अन्लाईन पोर्टल मार्फत रद्द गर्नुभएर Wiscard कार्यालयलाई सम्पर्क गर्नुहोला ।
Time Sheets तथा काम गरेको समय राख्ने
कसको लागि ?
तल दिइएका सूचीहरू हेर्नुहोला (४.क र ४.ख) । आफ्नो समय कसरी रिपोर्ट गर्ने थाहा पाउन आफ्नो कर्मचारी वर्ग भेट्टाउनुहोला ।
के हो ?
काम गर्नुभएको समय रिपोर्ट गर्नुहोला ।
(४.क) आफूले काम गरेको समय रिपोर्ट गर्न Time Clock (घडी) वा Timesheet चलाउनुहोला यदि तपाईंको कर्मचारी वर्ग यी मध्ये एक हो भने:
- प्रति घण्टा काम गर्ने University Staff ।
- Nonexempt Academic Staff ।
- प्रति घण्टा काम गर्ने विद्यार्थी कर्मचारी ।
- Nonexempt स्नातकोत्तर विद्यार्थी सहायक ।
(४.ख) Workday मार्फत बिदा माग्नुहोला (आफूले काम गर्नुभएको समय रिपोर्ट नगर्नुहोला), यदि तपाईंको कर्मचारी वर्ग यी मध्ये एक हो भने:
- Exempt Academic Staff ।
- Exempt University Staff ।
- संकाय ।
- Exempt Limited Staff ।
किन ?
आफ्नो समय सही तरिकाले रिपोर्ट गर्नुहोला, ताकि तपाईंले सही तरिकाले तलब पाउनुहुन्छ ।
कहिले ?
(४.क) यदि तपाईंले Timesheet वा घडी चलाउनुहुन्छ भने, हरेक शिफ्टमा काम गर्नुभएको समय रिपोर्ट गर्नुहोला ।
(४.ख) यदि तपाईंले Workday चलाउनुहुन्छ भने:
- हरेक शिफ्टमा आफूले काम गर्नुभएको समय रिपोर्ट गर्नु हुँदैन भने, तपाईंले जहिले बिदा लिनुहुन्छ तब राख्नुहोला ।
- Workday मा “no leave taken” राख्नुहोला (अर्को महिनाको ५ तारिख भित्रमा) यदि तपाईंले यो महिना बिदा लिनु भएन भने ।
कसरी ?
निर्देशनहरू यहाँ हेर्नुहोला: Workday मा काम गरेको समय राख्ने – कर्मचारी ।
सहयोग तथा अन्लाईन स्रोतसाधनहरू:
तपाईंको सुपरभाईजर वा विभागको HR कार्यालयलाई फोन वा ईमेल गर्नुहोला ।
दोस्रो चरणमा गर्नुपर्ने कामहरू
This is an accordion element with a series of buttons that open and close related content panels.
तलब पात्रोहरू
कसको लागि ?
सबै तलब पाउने कर्मचारीहरू (शून्य डलर नियुक्ति हुने कर्मचारीहरू बाहेक)
के हो ?
तलब पात्रो (सालको लागि देब्रेपट्टि रहेको मेनु हेर्नुहोला) ले यी कुराहरू देखाउँछ:
- तलब अवधिहरू ।
- तलब मितिहरू ।
- कटौतीहरू (UW का सुविधाहरूका लागि तपाईंको तलबबाट कति र कति पटक पैसा काटिन्छ) ।
किन ?
तपाईंले कहिले तलब पाउनुहुनेछ देख्न सक्नुहुनेछ ।
कहिले ?
- तलब अवधिहरू २ हप्ता हुन्छन् ।
- तपाईंले प्रायजसो बिहीबार तलब पाउनुहुन्छ । बिदा वा बैंकहरू बन्द हुने कारणले गर्दा मितिहरू बदलिन सक्छन् ।
- यदि तलब अवधिको बीचबाट काम शुरू गर्नुभयो भने, तपाईंको पहिलो तलब भविष्यका भन्दा कम हुनेछ ।
कसरी ?
तपाईंले कहिले तलब पाउनुहुन्छ थाहा पाउन तलब पात्रो प्रिन्ट गर्नुहोला । तपाईंले स्वागत केन्द्रमा प्रिन्ट गर्न सक्नुहुन्छ ।
सहयोग तथा अन्लाईन स्रोतसाधनहरू:
तपाईंको सुपरभाईजर वा विभागको HR कार्यालयलाई फोन वा ईमेल गर्नुहोला ।
बिदा रिपोर्ट गर्ने
कसको लागि ?
बिदा कमाउने कर्मचारीहरू (उदाहरणको लागि, vacation, बिरामी बिदा, सरकारी बिदा, व्यक्तिगत बिदा अनि अरू बिदाहरू)
तपाईंले बिदा कमाउनु हुन्छ वा हुँदैन हेर्न LinkUW ले तपाईंलाई पठाएको स्वागत ईमेल हेर्नुहोला ।
के हो ?
आफ्नो तलब पाइने बिदा रिपोर्ट गर्ने ।
तपाईं योग्य हुन सक्नुहुने तलब पाइने बिदाका प्रकार:
- बिरामी बिदा
- सरकारी बिदा
- Vacation
- व्यक्तिगत बिदा
तलब पाइने अभिभावक बिदा (parental leave), jury duty, वा अङ्ग दान जस्ता बिदाहरूका लागि पनि तपाईं योग्य हुन सक्नुहुन्छ ।
किन ?
UW ले कर्मचारीहरूलाई आफ्नो काम र निजी जीवनहरू सन्तुलनमा राख्न सहयोग गर्न चाहन्छ । हामीले बुझेका छौं कि कहिलेकाहीँ तपाईंले बिदा माग्नुपर्ने हुन्छ ।
कहिले ?
तपाईंले तलब पाइने बिदा चलाउनु हुँदा, त्यसलाई तुरुन्तै रिपोर्ट गर्नुहोला ताकि तपाईंलाई सही तरिकाले तलब पाउनुहुन्छ । LinkUW ले तपाईंलाई निर्देशनहरू दिनेछ ।
कसरी ?
तपाईंले LinkUW का तलब तथा सुविधाका प्रतिनिधिसँग भेट्नु हुँदा आफ्नो विभिन्न तलब पाइने बिदाहरूका बारेमा जानकारी पाउनुहोला ।
सहयोग तथा अन्लाईन स्रोतसाधनहरू:
सम्पर्क
- Link UW: help.linkuw@wisc.edu ।
- तपाईंको सुपरभाईजर ।
My Benefits
कसको लागि ?
Employee Trust Funds (ETF) मार्फत सुविधाहरूका लागि योग्य सबै कर्मचारीहरू ।
तपाईंले UW छोड्नुभयो वा अवकाश लिनुभयो भने पनि My Benefits चलाउन सक्नुहुन्छ ।
के हो ?
My Benefits एउटा अन्लाईन पोर्टल हो जहाँ तपाईंले:
- ETF मार्फत पाइने कर्मचारी सुविधाहरूमा भर्ना हुन, हेर्न र बदल्न सक्नुहुन्छ ।
- सन् २०१२ देखि अहिलेसम्मको सुविधाहरूका बयानहरू हेर्न सक्नुहुन्छ ।
- अशक्तता अवकाशको अनुमानित रकम अनुरोध गर्न सक्नुहुन्छ ।
किन ?
तपाईंले सुरक्षित तरिकाले:
- आफ्नो सुविधाहरू देख्न सक्नुहुन्छ ।
- सुविधाहरूका लागि कति तिर्नुहुन्छ हेर्न सक्नुहुन्छ ।
- सुविधाहरूमा भर्ना हुन सक्नुहुन्छ ।
- योग्य जीवन घटना घटेमा सुविधाहरू बदल्न सक्नुहुन्छ ।
- आफ्ना निर्भर व्यक्तिहरूको जानकारी हेर्न र अपडेट गर्न सक्नुहुन्छ ।
- आवश्यक कागजातहरू बुझाउन सक्नुहुन्छ ।
- WRS का पहिलेका सुविधाहरूको बयानहरू हेर्न सक्नुहुन्छ ।
कहिले ?
तपाईंले रोजगारीको कुनै पनि बेला सुविधाहरू हेर्न, भर्ना हुन र बदल्न My Benefits चलाउन सक्नुहुन्छ ।
अवकाश पछि पनि तपाईंले यसमा लग ईन गर्न सक्नुहुन्छ ।
कसरी ?
नोट: MyUW मा रहेको My Benefits बाकसमा थिच्नुभएर My Benefits मा जानुहोला ।

यदि तपाईंले पहिलो पटक My Benefits मा लग ईन गर्दै हुनुहुन्छ भने, तपाईंले My Benefits मा खाता खोल्न आवश्यक छ ।
My Benefits मा खाता खोल्न लागि तपाईंसँग यी कुराहरू हुनुपर्दछ:
- सामाजिक सुरक्षा नम्बर (SSN) ।
- यदि तपाईंसँग SSN छैन भने, SSN को बाकसमा आफ्नो Individual Taxpayer Identification Number (ITIN) राख्नुहोला ।
- यदि तपाईंसँग SSN वा ITIN छैन भने, SSN को बाकसमा तपाईंलाई UW ले दिएको Reporting ID राख्नुहोला ।
- व्यक्तिगत ईमेल (कामको ईमेल होइन) ।
My Benefits को बारेमा थप जानकारी पाउनुहोला ।
सहयोग तथा अन्लाईन स्रोतसाधनहरू:
सहायताका लागि:
- My Benefits खाता खोल्न Wisconsin ID FAQ पढ्नुहोला वा 608-471-6667 मा फोन गर्नुहोला ।
- आफ्ना सुविधाहरू बुझ्न वा सुविधाहरूमा भर्ना हुन My Benefits चलाउन, LinkUW लाई सम्पर्क गर्नुहोला: help.linkuw@wisc.edu ।
सुविधाहरू: गैर विद्यार्थी कर्मचारीहरूका लागि विस्कन्सिन अवकाश प्रणाली
कसको लागि ?
तपाईं विस्कन्सिन अवकाश प्रणाली (WRS) सुविधाहरूका लागि योग्य हुन सक्नुहुन्छ यदि तपाईं यी मध्ये एक हुनुहुन्छ:
- University Staff
- संकाय
- Academic Staff
- Limited Appointee
तपाईं WRS सुविधाहरूका लागि योग्य हुनुहुन्छ वा हुँदैन हेर्न LinkUW ले तपाईंलाई पठाएको स्वागत ईमेल हेर्नुहोला ।
के हो ?
विस्कन्सिन अवकाश प्रणाली (WRS) ले UW कर्मचारीहरू तथा प्रायजसो विस्कन्सिन राज्यभरिका कर्मचारीहरूका लागि अवकाश सुविधाहरू प्रदान गर्दछ ।
WRS मा समेटिएका कर्मचारीहरूका लागि सुविधाहरू हेर्नुहोला ।
किन ?
यदि तपाईं योग्य हुनुहुन्छ भने, तपाईंले यी सुविधाहरूमा भर्ना हुन पाउनुहुन्छ:
- स्वास्थ्य, दाँत, आँखा र औषधिको बीमा
- कर काट्नु अघिको बचत खाताहरू
- अशक्तताका सुविधाहरू
- जीवन बीमा
- दुर्घटना बीमा
- Income Continuation Insurance
- Deferred Compensation
- Supplemental अवकाश कार्यक्रम
- WRS अवकाश बीमा
तपाईं WRS सुविधाहरूका लागि योग्य हुनुहुन्छ या हुनुहुँदैन हेर्नका लागि आफ्नो कामको शुरूवाती पत्र पढ्नुहोला । यदि प्रश्नहरू छन् भने, help.linkuw@wisc.edu मा ईमेल पठाउनुहोला ।
कहिले ?
सुविधाहरू पाउन योग्य हुनुभएको ३० दिन भित्रमा आफ्नो सुविधाहरूमा भर्ना गर्नुहोला ।
- तपाईंको काम शुरू भएको ३० दिन भित्रमा सुविधाहरूमा भर्ना हुन सम्झनका लागि आफ्नो पात्रोमा राख्नुहोला ।
- योग्य जीवन घटना (Qualifying Event) वा अक्टोबरको वार्षिक सुविधा भर्ना (Open Enrollment) को बेला नभएसम्म तपाईंले काम शुरू गर्नुभएको ३० दिन पछाडि सुविधाहरूमा भर्ना हुन पाउनुहुँदैन ।
कसरी ?
My Insurance Benefits मार्फत आफ्नो सुविधाहरू रोज्नु, हेर्नु वा बदल्नुहोला ।
नोट: यदि यो तपाईंको My Insurance Benefits मा लग ईन गर्नुहुने पहिलो पटक हो भने, तपाईंले My Benefits मा खाता खोल्नुपर्ने हुन्छ ।
सहयोग तथा अन्लाईन स्रोतसाधनहरू:
Link UW मा सम्पर्क गर्नुहोला: help.linkuw@wisc.edu ।
सुविधाहरू: स्नातकोत्तर विद्यार्थीहरूका सुविधा कार्यक्रम
कसको लागि ?
WRS का लागि योग्य नहुने कर्मचारीहरू:
- स्नातकोत्तर सहायकहरू
- तालिममा रहेका कर्मचारीहरू (postdoc हरू पनि समावेश)
- Fellow र विज्ञहरू
- छोटो समयका Academic Staff
WRS सुविधाहरूका लागि योग्य हुनुहुन्छ या हुँदैन हेर्न तपाईंलाई LinkUW बाट आएको स्वागत ईमेल हेर्नुहोला ।
के हो ?
विस्कन्सिन अवकाश प्रणाली (WRS) सुविधाहरूका लागि योग्य नहुने कर्मचारीहरूका लागि सुविधाहरू ।
WRS मा नसमेटिएका कर्मचारीहरूका लागि सुविधाहरू हेर्नुहोला ।
किन ?
यदि तपाईं WRS को लागि योग्य हुनुहुँदैन भने, तपाईंले यी सुविधाहरूमा भर्ना हुन पाउनुहुन्छ:
- स्वास्थ्य, दाँत, आँखा अनि औषधि ।
- कर तिर्नु अघिको बचत खाताहरू ।
- अशक्तता सुविधाहरू ।
- दुर्घटना बीमा ।
- जीवन बीमा ।
- Deferred Compensation ।
- पूरक अवकाश कार्यक्रम ।
कहिले ?
सुविधाहरूका लागि योग्य हुनुभएको ३० दिन भित्रमा आफ्नो सुविधाहरूमा भर्ना हुनुहोला ।
- काम शुरू भएको ३० दिन भित्रमा आफ्नो सुविधाहरूमा भर्ना हुनका लागि आफ्नो क्यालेण्डरमा राख्नुहोला ।
- ३० दिन पछि तपाईं आफ्नो सुविधाहरूमा भर्ना हुन सक्नुहुँदैन, कुनै विकल्प छैन ।
कसरी ?
My Insurance Benefits मा आफ्नो सुविधाहरू रोज्नु, हेर्नु वा बदल्नुहोला ।
नोट: यदि यो तपाईंको My Insurance Benefits मा लग ईन गर्नुहुने पहिलो पटक हो भने, तपाईंले My Benefits मा खाता खोल्नुपर्ने हुन्छ ।
सहयोग तथा अन्लाईन स्रोतसाधनहरू:
Link UW मा सम्पर्क गर्नुहोला: help.linkuw@wisc.edu ।
MyUW
कसको लागि ?
सक्रिय NetID हुने जो कोहीले पनि MyUW मा लग ईन गर्न सक्छन्
के हो ?
स्रोतसाधनहरूका लागि तपाईंको अन्लाईन पोर्टल MyUW हो ।
कहिले ?
कुनै पनि बेला
कसरी ?
MyUW मा लग ईन गर्नुभएर यी कुराहरू पहुँच गर्नुहोला:
- Workday (समय रिपोर्ट गर्ने, बिदा माग्ने, तलबहरू हेर्ने अनि अन्य कुराहरू) ।
- My Benefits (सुविधाहरूमा भर्ना हुने, बदल्ने अनि हेर्ने) ।
- UW ईमेल, Box, Google अनि Zoom खाताहरू ।
- व्यावसायिक विकासका लागि LinkedIn Learning ।
- UW कर्मचारीहरूका लागि अरू खाताहरू ।
सहयोग तथा अन्लाईन स्रोतसाधनहरू:
तपाईंको सुपरभाईजर वा विभागको HR कार्यालयलाई फोन वा ईमेल गर्नुहोला ।
अनिवार्य तालिम
कसको लागि ?
सबै कर्मचारीहरू
के हो ?
- UW मा यौन उत्पीडन वा यौन हिंसा रोकथाम गर्ने तालिम सबै तलब पाउने कर्मचारीहरूका लागि अनिवार्य छ (शून्य डलर नियुक्ति र प्रति घण्टा काम गर्ने विद्यार्थीहरू बाहेक) ।
- यदि तपाईं स्नातकोत्तर वा व्यवसायिक विद्यार्थी हुनुहुन्छ जसले विश्वविद्यालयमा काम पनि गर्नुहुन्छ भने, यस तालिम नलिनुहोला ।
- तपाईंहरूका लागि स्नातकोत्तर तथा व्यवसायिक विद्यार्थीको तालिम अनिवार्य छ ।
- त्यस तालिमको बारेमा थप जानकारी यहाँ पाउनुहोला ।
- UW को सूचना प्रविधि स्रोतसाधनहरू चलाउने सबै कर्मचारीहरूका लागि साइबरसुरक्षा जागरूकता तालिम अनिवार्य छ ।
- तपाईंको काम अनुसार तपाईंले अरू अनिवार्य तालिम पनि लिनुपर्ने हुन सक्छ ।
किन ?
यदि तपाईंले अनिवार्य तालिम पूरा गर्नुभएन भने, तपाईंको तलब नबढ्न सक्छ र कामबाट निकालिन पनि सकिन्छ ।
कहिले ?
हरेक तालिमको विशेष म्याद हुन्छ । तपाईंले केही तालिम तपाईंको काम शुरू भएको ३० दिन भित्रमा पूरा गर्न अनिवार्य हुन्छ ।
- UW मा यौन उत्पीडन वा यौन हिंसा रोकथाम गर्ने तालिम तपाईंको काम शुरू भएको ३० दिन भित्र पूरा गर्नुहोला, त्यसपछि हरेक ४ वर्षमा पूरा गर्नुहोला ।
- हरेक वर्ष साइबरसुरक्षा जागरूकता तालिम पूरा गर्नुहोला ।
कसरी ?
धेरैजसो तालिमहरू अन्लाईन र आफ्नै गतिमा सक्न मिल्ने हुन्छन् । तपाईंको अनिवार्य तालिम Workday को सिक्ने मुख्य पानामा भेट्टाउनुहोला । तपाईंको विभागको HR कार्यालयलाई कागजी वा अनुवादन गरिएका तालिम चयनहरूको बारेमा सोध्नुहोला ।
सहयोग तथा अन्लाईन स्रोतसाधनहरू:
तपाईंको विभागको HR कार्यालयलाई फोन वा ईमेल गर्नुहोला ।
सुरक्षा
कसको लागि ?
सबै कर्मचारीहरू
के हो ?
कर्मचारीहरूका लागि सुरक्षा जानकारी ।
वातावरण, स्वास्थ्य तथा सुरक्षा (EHS) को तर्फबाट Ergonomics को मार्गदर्शन:
- Ergonomics:
- तपाईंले शारीरिक रूपमा कसरी आफ्नो काम गर्नुहुन्छमा केन्द्रित, जसमा सरसामान, वातावरण, गतिविधिका माग अनि कर्मचारीको उभिने, बस्ने तरिका समावेश हुन्छ ।
- सजिलोपना सुधार्ने, शरीरमा तनाव कम गर्ने अनि काममा हुने चोटपटकलाई रोक्ने ।
- EHS ले कर्मचारीहरूलाई सुरक्षित र सजिलो काम गर्ने ठाउँ बनाउन सहयोग गर्दछ ।
UW पुलिस विभाग (UWPD) को तर्फबाट क्याम्पस सुरक्षा जानकारी:
- क्याम्पसका आपत्कालिन अवस्थाहरूका बारेमा म्यासेज पाउनका लागि WiscAlerts मा साइन अप गर्नुहोला ।
- आपत्कालिन चेतावनी सन्देशहरू र क्याम्पस सुरक्षाका सन्देशहरू तपाईंको मोबाईल फोनमा पाउनका लागि BadgerSafe app चलाउनुहोला ।
- UWPD को क्याम्पसमा कर्मचारी सुरक्षा मार्गदर्शनमा सुरक्षाका तरिकाहरू भेट्नुहोला ।
किन ?
UW एउटा स्वस्थ कामको वातावरण र आपत्कालिन अवस्थामा छिटो प्रतिक्रिया प्रदान गर्न प्रतिबद्ध छ ।
कहिले ?
हामी तपाईंलाई यी कामहरू पूरा गर्न प्रोत्साहन गर्दछौँ:
- तपाईंको कामको पहिलो ३० दिन भित्रमा ergonomics को आत्म मूल्याङ्कन पूरा गर्नुहोला ।
- तपाईंको क्याम्पसमा पहिलो दिन भन्दा अघि BadgerSafe app डाउनलोड गर्नुहोला ।
कसरी ?
- अन्लाईनमा रहेको ergonomics को आत्म मूल्याङ्कन कुनै पनि बेलामा पूरा गर्नुहोला ।
- Ergonomics सेवा अनुरोध फाराम पूरा गर्नुहोला ।
- आफ्नो सुपरभाईजर वा विभागीय अशक्तता प्रतिनिधि (DDR) लाई आफ्नो अनुरोधको बारेमा कुरा गर्नुहोला ।
- व्यवस्थापनको अनुरोध गर्नका लागि तपाईंको DDR लाई सम्पर्क गर्नुहोला ।
- कुनै पनि बेलामा BadgerSafe मोबाईल App डाउनलोड गर्नुहोला ।
सहयोग तथा अन्लाईन स्रोतसाधनहरू:
फोन वा ईमेल गर्नुहोला:
- EHS Ergonomics: (608) 265-5000 मा फोन गर्नुहोला वा ehs@wisc.edu मा ईमेल पठाउनुहोला ।
- UWPD BadgerSafe: (608) 264-2677 मा फोन गर्नुहोला वा uwpd@wisc.edu मा ईमेल पठाउनुहोला ।
- WiscAlerts: (608) 264-2677 मा फोन गर्नुहोला वा uwpd@wisc.edu मा ईमेल पठाउनुहोला ।
यातायात तथा पार्किङ्ग
कसको लागि ?
क्याम्पसमा आउने वा UW वा म्याडिसनका सडकहरूमा पार्किङ्ग गर्ने सबै जना
के हो ?
- क्याम्पसमा साईकल चलाउने
- UW कर्मचारीहरूका लागि बस पास
- अरूसँग गाडिमा आउने (carpooling)
- UW पार्किङ्ग
- शहरको पार्किङ्ग नियमहरू
किन ?
- आफ्नो चयनहरू थाहा पाउनुहोला । तपाईंको कार्यस्थल पर्मिट र पार्किङ्गहरूका बारेमा थाहा पाउनुहोला ।
- आफ्नो काममा आवतजावतको योजना बनाउनुहोला । तनाव कम गर्नुहोला ।
- पार्किङ्ग टिकेटहरू नपाउनुहोला । आवास क्षेत्र, हिउँ पर्दाको आपतकालीन अवस्था अनि जाडोयामको वैकल्पिक सडक पार्किङ्गका बारेमा विशेष पार्किङ्ग नियमहरू बुझ्नुहोला ।
- विकल्प खोज्नुहोला । म्याडिसन मेट्रो बस अनि शहरका साइकल चलाउने बाटो र स्रोतसाधनहरूका बारेमा थाहा पाउनुहोला ।
कसरी ?
- UW:
- म्याडिसन शहर:
सहयोग तथा अन्लाईन स्रोतसाधनहरू:
UW यातायात सेवा (क्याम्पसका विभिन्न ठाउँहरूमा) ।
म्याडिसन शहरको पार्किङ्ग सहायताका लागि, फोन गर्नुहोला:
- 608-266-4275 पार्किङ्ग समस्याहरू (उल्लङ्घनहरू) का लागि ।
- 608-266-4170 पार्किङ्ग टिकेटहरूका लागि ।
- 608-266-4761 पार्किङ्ग पर्मिटहरूका लागि ।
सहयोगी स्रोतसाधनहरू
This is an accordion element with a series of buttons that open and close related content panels.
सांस्कृतिक भाषागत सेवा (“CLS”)
कसको लागि ?
सबै कर्मचारी, आवेदक तथा क्याम्पस विभागहरू
के हो ?
सांस्कृतिक भाषागत सेवा (CLS) ले कर्मचारी तथा विभागहरूलाई समर्थन गर्न २ वटा कार्यक्रमहरू प्रदान गर्दछ:
- कार्यस्थल शिक्षा
- सरल भाषा तालिम तथा परामर्श
- कार्यस्थल अङ्ग्रेजी कक्षा तथा ट्युटर
- आधारभूत कम्प्युटर तालिम
- सजिलो कुराकानीका लागि तालिम
- भाषा सेवा
- अङ्ग्रेजी, स्पैनिश, मङ, तिब्बती, चिनियाँ अनि नेपाली भाषाहरू
- अनुवादन तथा दोभाषे
- बहुभाषिक तालिम तथा जानकारी
किन ?
CLS ले कार्यस्थल कुराकानीलाई यसरी सजिलो बनाउँछ:
- व्यावसायिक, गोपनीय भाषा समर्थन ।
- सरल भाषा तथा सजिल्लो कुराकानी तालिम ।
- कार्यस्थल अङ्ग्रेजी कक्षा, आधारभूत कम्प्युटर तालिम तथा ट्युटरहरू ।
कहिले ?
कुनै पनि बेलामा
कसरी ?
- कार्यस्थल कार्यक्रमहरूका लागि: CLS कार्यस्थल कार्यक्रम म्यानेजरलाई 608-265-6651 वा workplace-learning-cls@wisc.edu मार्फत सम्पर्क गर्नुहोला ।
- भाषा सेवाका लागि: CLS दोभाषे तथा अनुवादन म्यानेजरलाई 608-890-2628 वा translation-interpretation-cls@wisc.edu मार्फत सम्पर्क गर्नुहोला ।
सहयोग तथा अन्लाईन स्रोतसाधनहरू:
थप जानकारी यस वेबसाईट मार्फत पाउनुहोला: सांस्कृतिक भाषागत सेवा ।
विभागीय अशक्तता प्रतिनिधि (“DDR”)
कसको लागि ?
सबै कर्मचारी तथा आवेदकहरू
के हो ?
निम्न कानून तथा नीति बमोजिम स्वास्थ्य सम्बन्धित बिदा तथा काममा व्यवस्थापन अनुरोध गर्न सहयोग:
- अशक्तता भएका अमेरिकीहरूको ऐन (ADA)
- परिवार तथा स्वास्थ्य बिदा ऐन (FMLA)
- सम्बन्धित नीतिहरू
तालिम पाएका विभागीय अशक्तता प्रतिनिधिहरू (DDR हरू):
- अनुरोधहरूको साथ तपाईंलाई सहयोग गर्ने ।
- प्रक्रियाहरूमा तपाईंलाई गाइड गर्ने ।
- तपाईंको गोपनीयता सुरक्षित राख्ने ।
- आवश्यक भए अनुसार कर्मचारी अशक्तता स्रोतसाधनहरू (EDR) का साथ संयोजन गर्ने ।
किन ?
DDR हरूले तपाईंसँग स्वास्थ्य अवस्था, अशक्तता वा परिवारको स्याहार गर्नुपर्ने तपाईंको कर्तव्यसँग सम्बन्धित चुनौतीहरूका बारेमा कुराकानी गर्न सक्छन् ।
कहिले ?
- अशक्तताका कारण कुनै पनि बेलामा तपाईंलाई काममा व्यवस्थापन आवश्यक भएमा ।
- गम्भीर स्वास्थ्य अवस्थाका कारण तपाईं आफूलाई वा परिवारको स्याहार गर्नुपर्ने कर्तव्यका लागि स्वास्थ्य बिदा आवश्यक भएमा ।
कसरी ?
आफ्नो DDR सँग भेटघाटको समय बनाउनुहोला ।
सहयोग तथा अन्लाईन स्रोतसाधनहरू:
- कर्मचारी अशक्तता स्रोतसाधनहरू (कर्मचारीहरूका लागि)
- McBurney अशक्तता स्रोतसाधन केन्द्र (विद्यार्थीहरूका लागि)
- नयाँ कर्मचारीका लागि स्रोतसाधनहरू
क्याम्पसको WhatsApp जानकारी समूहहरू
कसको लागि ?
सबै कर्मचारीहरू
के हो ?
क्याम्पसको WhatsApp जानकारी समूहले तपाईंलाई अङ्ग्रेजी, स्पैनिश, मङ, तिब्बती, चिनियाँ वा नेपाली भाषामा महत्त्वपूर्ण क्याम्पस सन्देशहरू पठाउँछ ।
किन ?
महत्त्वपूर्ण क्याम्पस सन्देशहरू तुरुन्तै आफ्नो मोबाईलमा पाउनका लागि क्याम्पसको WhatsApp जानकारी समूहमा सामेल हुनुहोला ।
कहिले ?
कुनै पनि बेला
कसरी ?
- आफ्नो फोन वा ट्याब्लेटमा WhatsApp डाउनलोड गर्नुहोला ।
- सहायता आवश्यक छ? CLS को वेबसाईटमा रहेको निर्देशनहरूको पालना गर्नुहोला ।
- आफ्नो WhatsApp को सम्पर्क सूचीमा (608) 514-2874 नम्बर साँच्नुहोला ।
- क्याम्पसको WhatsApp जानकारी समूहको नम्बर (608) 514-2874 हो ।
- WhatsApp मार्फत (608) 514-2874 मा आफ्ना यी जानकारी सहित सन्देश पठाउनुहोला:
- नाम र थर ।
- विभाग ।
- सन्देशहरूका लागि आफ्नो रोजाइको भाषा ।
सहयोग तथा अन्लाईन स्रोतसाधनहरू:
CLS लाई info-cls@wisc.edu मार्फत ईमेल पठाउनुहोला ।
थप जानकारी पाउनुहोला: UW‒Madison कर्मचारीहरूका लागि क्याम्पसको WhatsApp जानकारी समूहहरू
पेशागत विकास
कसको लागि ?
सबै कर्मचारीहरू
के हो ?
तपाईंको पेशा विकास समर्थन गर्न तपाईंको सीप बढाउने, सुधार्ने र कायम राख्ने पेशागत विकास अवसरहरू ।
- हजारौँ नि:शुल्क वा कम शुल्कका पाठयक्रम, सम्मेलन, अन्लाईन तालिम र अन्य कार्यक्रमहरू भेट्टाउनुहोला ।
- पेशा परामर्शदाताहरूले तपाईंलाई पेशा विकासका स्रोतसाधन र पेशाका मार्गहरू खोज्न सहयोग गर्न सक्नुहुन्छ ।
किन ?
UW मा उत्कृष्टताको समर्थन र प्रोत्साहन गर्ने समुदायमा केन्द्रित, क्याम्पसव्यापी सेवा प्रदान गर्न UW प्रतिबद्ध छ ।
तपाईंले हजारौँ पाठ्यक्रम, सम्मेलन, अन्लाईन तालिम र कार्यक्रमहरूमा हरेक वर्ष भाग लिन सक्नुहुन्छ ।
कहिले ?
कुनै पनि बेलामा व्यक्तिगत रूपमा, अन्लाईन वा माग अनुसारको पेशा विकासका लागि दर्ता गर्नुहोला ।
कसरी ?
तपाईंका कैयौँ पेशा विकास अवसरहरूका बारेमा थप जानकारी पाउनुहोला:
- पाठ्यक्रमहरू – हाम्रो पाठ्यक्रम सूचीमा पाठ्यक्रमहरू खोज्नुभएर भर्ना गर्नुहोला ।
- कार्यक्रमहरू – कार्यक्रमहरू सम्बन्धित पाठ्यक्रम वा कार्यक्रमहरूका शृंखला हुन् । पाठ्यक्रमहरू छुट्टै वा पूरा गरेको प्रमाणपत्र पाउन शृंखला पूरा गर्नका लागि लिनुहोला ।
- सम्मेलनहरू – सम्मेलनहरू १ वा विभिन्न दिने एउटा विषयवस्तुमा केन्द्रित सिक्ने अवसरहरू हुन् ।
- पेशा परामर्श – तपाईंको पेशा विकासका लक्ष्य र पेशा अगाडि बढाउने बाटो खोज्न, योजना बनाउन नि:शुल्क, गोपनीय पेशा परामर्शदातासँग भेट्नुहोला ।
- अभ्यासका समुदाय – विशेष चासो वा आकाङ्क्षा हुने UW कर्मचारीहरूका समूहमा सामेल हुनुहोला । सो समूहसँग नियमित रूपमा भेट्नुभएर साथमा सिक्नुहोला ।
- पेशा मेन्टर – पेशा मेन्टरसँग भेट्नुभएर व्यक्तिगत र पेशागत समर्थन पाउनुहोला ।
- LinkedIn Learning – हाम्रो LinkedIn Learning Career Hub मा हजारौँ पेशागत अन्लाईन पाठ्यक्रमहरू भेट्नुहोला ।
- आफ्नो पेशा विकास गर्नुहोला ।
सहयोग तथा अन्लाईन स्रोतसाधनहरू:
registrations2@ohr.wisc.edu मा ईमेल पठाउनुहोला ।
कर्मचारी सहायता कार्यक्रमहरू
कसको लागि ?
- सबै कर्मचारीहरू—जसमा स्नातकोत्तर विद्यार्थी कर्मचारीहरू पनि समावेश छन्—अनि वहाँहरूसँग बस्नुहुने परिवारका वयस्क सदस्यहरूले कर्मचारी सहायता कार्यालय (EAO) चलाउन सक्नुहुन्छ ।
- सबै कर्मचारीहरूले—जसमा स्नातकोत्तर विद्यार्थी कर्मचारीहरू पनि समावेश छन्— Ombuds कार्यालय चलाउन सक्नुहुन्छ ।
- कर्मचारी र वहाँहरूसँग बस्नुहुने व्यक्तिहरूले—तर स्नातकोत्तर विद्यार्थी कर्मचारीहरू र प्रति घण्टा काम गर्ने विद्यार्थीहरू होइनन्—LifeMatters चलाउन सक्नुहुन्छ ।
- प्रति घण्टा काम गर्ने विद्यार्थी (अनि स्नातकोत्तर विद्यार्थीहरू चलाउन सक्ने) ले University Health Services मानसिक स्वास्थ्य सेवा चलाउन सक्नेछन् ।
के हो ?
कर्मचारी भलाइ समर्थन गर्ने कार्यक्रमहरू ।
- EAO ले प्रदान गर्दछ:
- काम तथा व्यक्तिगत समस्याहरूका लागि नि:शुल्क, गोपनीय परामर्श तथा सल्लाह ।
- अनुभवी, इजाजतप्राप्त परामर्शदाताहरू जो भर्चुअल वा व्यक्तिगत रूपमा भेट्न सक्नुहुन्छ ।
- Ombuds कार्यालयले कार्यस्थलमा निष्पक्षताको बढुवा गर्छ र यी कुराहरू प्रदान गर्छ:
- कामका समस्याहरूका लागि नि:शुल्क, गोपनीय सहायता ।
- सल्लाहकारहरू (अवकास पाएका UW संकाय वा कर्मचारीहरू जसको क्याम्पसमा वर्षौँको अनुभव छ) जसले:
- तपाईंसँग व्यक्तिगत रूपमा भेट्न सक्नुहुन्छ ।
- विवादमा मध्यस्थता प्रदान गर्न सक्नुहुन्छ ।
- अनुशासनात्मक बैठकहरूमा भाग लिन सक्नुहुन्छ ।
- LifeMatters ले प्रदान गर्दछ:
- काम तथा व्यक्तिगत समस्याहरूका लागि नि:शुल्क, गोपनीय परामर्श तथा सल्लाह ।
- मास्टर स्तरका परामर्शदाताहरू जसले:
- फोन मार्फत हरेक दिन, चौबिसै घण्टा कुरा गर्न सक्नुहुन्छ ।
- तपाईं नजिकका परामर्शदाताहरूसँग भर्चुअल वा व्यक्तिगत रूपमा भेट्ने, अमेरिकाभरि ।
- कानूनी तथा आर्थिक सल्लाह, सहुलियत सेवा तथा छुट कार्यक्रमहरू ।
किन ?
तपाईंले सबै भन्दा राम्रो काम जब तपाईं खुशी र स्वस्थ हुनुहुन्छ अनि आफ्नो निजी जीवन र काममा समर्थन पाउनुहुन्छ ।
कहिले ?
EAO र Ombuds कार्यालयहरू UW जहिले खुला हुने कुनै पनि बेलामा उपलब्ध छन् ।
LifeMatters सेवा वर्षको हरेक दिन, चौबीसै घण्टा उपलब्ध हुन्छ ।
कसरी ?
- EAO: 608-263-2987 मा फोन गर्नुहोला वा eao@mailplus.wisc.edu मा ईमेल पठाउनुहोला ।
- Ombuds कार्यालय: uwombuds@mailplus.wisc.edu मा ईमेल पठाउनुहोला ।
- LifeMatters: 800-634-6433 मा फोन गर्नुहोला वा:
- https://eap.mylifematters.com/login वेबसाईटमा जानुहोला ।
- यो कम्पनी पासवर्ड चलाउनुहोला: Bucky1 ।
- तपाईंले नि:शुल्क व्यक्तिगत खाता बनाउन पनि सक्नुहुन्छ ।
खेलकुद तथा भलाइ (“Rec Well”)
कसको लागि ?
सक्रिय Wiscard हुने सबै UW कर्मचारीहरूले सदस्यता खरिद गर्न सक्छन् ।
सबै भर्ना भएका UW undergraduate अनि स्नातकोत्तर विद्यार्थीहरूले उनीहरूको segregated शुल्कहरूबाट सदस्यता पाउँछन् ।
के हो ?
कर्मचारीहरूले Rec Well सदस्यता खरिद गरेर तीनवटा क्याम्पसभरिका खेलकुद परिसरहरूमा (जिमहरू) चलाउन सक्दछन्:
- Nicholas खेलकुद केन्द्र – क्याम्पसको दक्षिणपूर्वी भागमा, Kohl Center नजिकै
- Bakke खेलकुद तथा भलाइ केन्द्र – क्याम्पसको पश्चिमी भागमा, Lakeshore का होस्टेलहरू नजिकै
- Nielsen टेनिस रङ्गशाला – क्याम्पसको सुदूरपश्चिम भागमा, UW अस्पताल नजिकै
खेलकुदका परिसरले यी कुराहरू प्रदान गर्छन्:
- दुईवटा पौडि खेल्ने ठाउँ, भित्रि र बाहिरी टेनिस खेल्ने ठाउँ, मुटु र शरीर बलियो बनाउने सरसामान, बेग्ला बेग्लै खेलकुदका लागि बनाइएका कोर्ट/स्टुडियोहरू, बरफको रिङ्क, खाना खान बनाउन सिकाउने भान्सा अनि ध्यान गर्ने ठाउँहरू ।
- थप सेवा जसमा व्यक्तिगत तालिम, सामूहिक कसरत कक्षा, खेलकुद, पाठहरू तथा भलाइका सेवाहरू ।
किन ?
तपाईं आफ्नो भलाइको यात्रामा जहाँ हुनुभए पनि Rec Well मा हामीले तपाईं र तपाईंका स्वास्थ्यका लक्ष्यहरूलाई समर्थन गर्छौं । हाम्रो देशभरि परिचित परिसर र सेवाहरूले तपाईंलाई अझै बलियो, स्वस्थ हुन, आत्मस्याहार सुधार्न अनि समुदायको हिस्स भएको महसुस गराउन सहयोग गर्न सक्छन् ।
कहिले ?
तपाईंले अन्लाईन र व्यक्तिगत रूपमा Rec Well को परिसरबाट सदस्यता वा सेवा खरिद गर्न सक्नुहुन्छ । योग्य कर्मचारीहरूले परिसर भ्रमण र एउटा हप्ताको नि:शुल्क पहुँचका लागि सोध्न सक्नेछन् ।
कसरी ?
- Rec Well वेबसाईटमा थप जानकारी पाउनुहोला ।
- सदस्यताका लागि अन्लाईन साइन अप गर्नुहोला ।
सहयोग तथा अन्लाईन स्रोतसाधनहरू:
hello@recwell.wisc.edu मा ईमेल पठाउनुहोला ।
Well Wisconsin कार्यक्रम
कसको लागि ?
सबै विस्कन्सिन राज्यका कर्मचारी, अवकाश पाएका कर्मचारी अनि वहाँहरूका श्रीमान/श्रीमतीहरू
के हो ?
Well Wisconsin विस्कन्सिन राज्य र WebMD को एउटा अन्लाईन स्वास्थ्य कार्यक्रम हो ।
- तपाईं र तपाईंको श्रीमान/श्रीमतीले दर्ता गर्न सक्नुहुन्छ ।
- Well Wisconsin ले तपाईंलाई स्वास्थ्यका लक्ष्यहरू बनाउन, आफ्नो प्रगति ट्रयाक गर्न अनि स्वस्थ रहने तरिकाहरू सिक्न सहयोग गर्न सक्छ ।
किन ?
Well Wisconsin ले तपाईंलाई महत्त्वपूर्ण जानकारी दिन्छ अनि आफ्नो स्वास्थ्यका लक्ष्यहरूलाई हासिल गर्न प्रोत्साहन प्रदान गर्छ ।
Well Wisconsin कार्यक्रमको बारेमा थप जानकारी पाउनुहोला ।
कहिले ?
कुनै पनि बेला
कसरी ?
- Well Wisconsin कार्यक्रमको भिडियो हेर्नुहोला ।
- Well Wisconsin पोर्टलमा जानुभएर वा App Store वा Google Play मार्फत Wellness At Your Side app डाउनलोड गर्नुहोला ।
- कोडको साथ दर्ता गर्नुहोला: SOWI ।
थप जानकारी यहाँ हेर्नुहोला: Well Wisconsin Flyer दर्ता ।
सहयोग तथा अन्लाईन स्रोतसाधनहरू:
- WebMD वेबसाईट हेर्नुहोला वा 1-800-821-6591 मा फोन गर्नुहोला ।
- Well Wisconsin वेबसाईट हेर्नुहोला ।
भलाइ पहल
कसको लागि ?
विस्कन्सिन सरकारका लागि काम गर्ने कर्मचारीहरू, अवकाश लिएकाहरू र वहाँहरूका श्रीमान/श्रीमती जसले राज्यको सामूहिक स्वास्थ्य बीमा लिनुभएको छ र जसको घरको ठेगाना संयुक्त राज्यमा छ ।
यदि तपाईंको घरको ठेगाना संयुक्त राज्य बाहिर छ भने, तपाईंले WebMD मार्फत Well Wisconsin का स्रोतसाधनहरू हेर्न पाउनुहुन्छ तर $१५० को भलाइ पहल पाउन सक्नुहुँदैन ।
के हो ?
तपाईं र तपाईंको श्रीमान/श्रीमती दुवैजनाले हरेक वर्ष भलाइ पहल ($१५० सम्मको रकम) पाउन सक्नुहुन्छ यदि तपाईंले:
- राज्यको सामूहिक स्वास्थ्य बीमा लिनुहुन्छ अनि
- ३ वटा आवश्यकता पूरा गर्नुहुन्छ: स्वास्थ्य जाँच, स्वास्थ्य मूल्याङ्कन र भलाइ गतिविधि ।
किन ?
३ वटा आवश्यकता (स्वास्थ्य जाँच, स्वास्थ्य मूल्याङ्कन, भलाइ गतिविधि) पूरा गर्नुभएपछि तपाईंले $१५० को कार्ड पाउन सक्नुहुन्छ । नोट: यसलाई कर लाग्ने आमदनी मानिन्छ ।
कहिले ?
म्याद र दर्ताका थप जानकारीका लागि Well Wisconsin पोर्टलमा जानुहोला ।
यदि तपाईं नयाँ कर्मचारी हुनुहुन्छ र शरद सेमेस्टरमा राज्यको सामूहिक स्वास्थ्य बीमाका लागि योग्य हुनुहुन्छ भने, आगामी पात्रो वर्षसम्म तपाईं भलाइ पहलका लागि योग्य नहुन सक्नुहुन्छ ।
कसरी ?
Well Wisconsin मा नयाँ हुनुहुन्छ ? खाता दर्ता कसरी गर्ने थाहा पाउनुहोला ।
तपाईंको Well Wisconsin पोर्टलमा जानुभएर अनि स्वास्थ्य मूल्याङ्कन, स्वास्थ्य जाँच र भलाइ गतिविधि पूरा गर्नुभएपछि $१५० को कार्ड पाउनुहोला ।
सहयोग तथा अन्लाईन स्रोतसाधनहरू:
- म्याडिसन सुविधा सेवालाई benefits@ohr.wisc.edu मा ईमेल पठाउनुहोला ।
- Well Wisconsin खाता पानाको तल्लो भागमा रहेको धेरै सोधिएका प्रश्नहरू हेर्नुहोला ।
UW–Madison
कसको लागि ?
सबै कर्मचारीहरू
के हो ?
- UW को संस्थागत चार्ट
- Working at UW समाचारपत्र
- नयाँ कर्मचारीको तालिम (NEO)
- UW–Madison भ्रमण
- वर्णन गरिने आफ्नै गतिको भ्रमण (६० मिनेट) र भर्चुअल भ्रमण
- UW को भाडामा बसोबास गर्ने ठाउँहरूको गाइड
- UW को चाइल्डकेयर स्रोतसाधनहरू
- UW मा छुटहरू
किन ?
- आफ्नो समुदाय र उपलब्ध स्रोतसाधनहरूका बारेमा थाहा पाउनुहोला ।
- क्याम्पसको संरचना, संस्कृति तथा प्रशासन बुझ्नुहोला ।
- आत्मविश्वास बढाउनुहोला । तपाईं कहाँ काम गर्दै हुनुहुन्छ थाहा पाउँदा जोडिएको, सूचित अनि तयार महसुस गराउन सहयोग मिल्छ ।
कहिले ?
कुनै पनि बेला
कसरी ?
- NEO को लागि दर्ता गर्नुहोला ।
- UW मा छुटहरू पाउनुहोला ।
सहयोग तथा अन्लाईन स्रोतसाधनहरू:
तपाईंको सुपरभाईजर वा विभागको HR कार्यालयलाई फोन वा ईमेल गर्नुहोला ।